प्रिय विद्यार्थी, अभिभावकज्यूहरू, शिक्षक तथा सम्पूर्ण समुदायका सदस्यहरू, विद्यालय हाम्रो समाजको उज्यालो भविष्य निर्माण गर्ने आधारशिला हो। शिक्षा नै विकास, चेतना र समृद्धिको मूल कुञ्जी भएकाले यस विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट जिम्मेवार, अनुशासित र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ। विद्यालय व्यवस्थापन समितिको तर्फबाट, म विद्यालय प्रशासन, शिक्षकहरू, अभिभावक र विद्यार्थीहरूबीचको निरन्तर सहकार्य र समझदारीका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको विश्वास र समर्थनले विद्यालयलाई अझ सबल र सक्षम बनाएको छ। हामी आगामी दिनहरूमा अझ प्रभावकारी शिक्षण वातावरण, आवश्यक पूर्वाधार र विद्यार्थी–केन्द्रित क्रियाकलापहरू विस्तार गर्न प्रतिबद्ध छौं। विद्यालयप्रतिको तपाईंहरूको निरन्तर माया, सहयोग र सुझावको अपेक्षा गर्दछु। शुभकामना
|
रजिष्ट्रेशन आवेदन फारम सम्बन्धी सुचना ।9806135015 र 9805427532 मा सम्पर्क गर्नुहोला ।।।। आमा विद्यालय 2025-11-13 13:57:13 |
|
कक्षा १२ को मौका (पुरक ) परीक्षाको संसोधित समयतालिका प्रकाशन गरिएको सुचना। आमा विद्यालय 2025-11-13 13:59:31 |
सबै सूचना हेर्नुहोस् |
|---|